एमाले काठमाडौं महानगरको चुनावी कमाण्ड सम्हाल्ने जिम्मेवारी ईश्वर पोखरेललाई

एमाले काठमाडौं महानगरको चुनावी कमाण्ड सम्हाल्ने जिम्मेवारी ईश्वर पोखरेललाई

केन्द्रबिन्दु
0
Shares

स्थानीय चुनाव अन्तर्गत काठमाडौं महानगरपालिकाको चुनावी अभियानको नेतृत्व नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने भएका छन्। 

एमालेले ‘काठमाडौं महानगर निर्वाचन परिचालन निर्देशक समिति’ गठन गरेको छ। उक्त समितिको संयोजक एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष पोखरेललाई बनाएको छ। ‘चुनावी प्रचार–प्रसार अभियानलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन नेकपा (एमाले) अब चुनावी मैदानमा उत्रिएको छ’, नेता पोखरेलले भने।

चुनावी अभियान काठमाडौँ महानगरका ३२ वटै वडामा अघि बढिरहेको पोखरेलले बताए। अब थप व्यवस्थित ढंगले यो काम अघि बढ्ने समेत उनले बताए। पोखरेलले सोमबार नै ३२ वटै वडाको गतिविधि र त्यहाँ भइरहेको चुनावी प्रचारबारे जानकारी लिएका थिए। 

नेकपा (एमाले) काठमाडौं महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले मुलुकको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढंगले अघि बढ्ने बताए।

Skip This
Skip This
Logo