आचारसंहिताको पूर्णपालना गरे मात्रै निर्वाचन सफल हुन्छ : दिनेशकुमार थपलिया

आचारसंहिताको पूर्णपालना गरे मात्रै निर्वाचन सफल हुन्छ : दिनेशकुमार थपलिया

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आचारसंहिताका सबै बुँदाहरूको पूर्णपालना गर्न सञ्चार माध्यामहरुलाई आग्रह गरिएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस विपरीत आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन सञ्चार माध्यामहरुको  ध्यानाकर्षण गराएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न सकिने बताए । 

उनले निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिवद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आशंका गर्ने ठाउँ नभएको दाबी गरे । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले दृश्यहरु निर्वाचन आचारसंहिता विपरीतका भए त्यसले आम मतदाताहरूमा  नकारात्मक असर गर्ने भन्दै सचेत गराए । 

 

Skip This
Skip This
Logo