गठबन्धनलाई निर्वाचन जित्न असहज छैन : पुष्पकमल दाहाल

गठबन्धनलाई निर्वाचन जित्न असहज छैन : पुष्पकमल दाहाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरे । 
 
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको छ भने । अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो-कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए ।

उनले भने, ‘निर्वाचन जित्न असहज छैन ।’ भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार छिन् । गठबन्धनले आज यहाँ चुनावी सभा आयोजना गर्दैछ । 

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आएका छन् ।  

Logo