घोषणापत्रमा वाचा गरे अनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ : नैनसिंह महर

घोषणापत्रमा वाचा गरे अनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ : नैनसिंह महर

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जनतासँग एमालेले ९८ प्रतिशत झुट बोलेको आरोप लगाएका छन् । 

डडेलधुरामा शुक्रबार आयोजित एक कार्यक्रममा नेता महरले   २०७४ को निर्वाचनमा विजय भएका स्थानीय तहमा घोषणापत्रअनुसार काम नगरेर एमालेले जनतालाई झुक्याएको आरोप लगाएका हुन् । 

एमालेले जनभावना अनुरूप काम नगरेको आरोप लगाउँदै उनले भने, ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ । व्यवहार ठिक उल्टो गर्छ । घोषणापत्रमा वाचा गरेअनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ । ९८ प्रतिशत झुट बोलेको छ । अब एमालेको झुटको खेती टिक्दैन ।’ 

कांग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने बताउँदै उनले भने, ‘कांग्रेस जनताको पार्टी हो । हामीलाई सधैँ जनताको माझमा जानु छ । भ्रम छरेर एक पटक त चुनाव जितिएला । तर, वास्तविकता बुझिसकेपछि जनताले हैसियत देखाइदिनेछन् ।’ 

देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै जोगाउने भएकाले सुरुमै विजयी बनाएर काम गर्ने वातावरण सृजना गर्न महरको आग्रह छ । 
 

Logo