केपी ओलीले आफू जस्तै हावादारी मान्छे स्थापितलाई मेयरमा खोजे : इन्द्रबहादुर बानियाँ

केपी ओलीले आफू जस्तै हावादारी मान्छे स्थापितलाई मेयरमा खोजे : इन्द्रबहादुर बानियाँ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धनका तर्फबाट विद्रोह गर्ने उम्मेदवारले एमालेलाई सहयोग गरेको बताएका छन् ।

काठमाडौं शुक्रबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति बानिँयाले गठबन्धनको तर्फबाट बागी उम्मेदवारी दिएका उम्मेदवारले एमालेलाई सहयोग गरेको बताए । 

‘कतिपय साथीहरूले विद्रोह गरेँ भन्नुभएको छ । उहाँले त एमालेलाई सहयोग गरेको हो । हाम्रा उम्मेदवारलाई जिताएर अघि बढ्नुको विकल्प छैन्,’ उनले भने । 

एमालेबाट उठेका उम्मेदवार केशव स्थापितलाई चयन गर्दा केपी ओलीले आफू जस्तै हावादारी मान्छे खोजेको बताए । अनुशान नै नभएको मान्छेलाई ओलीले टिकट दिएको उनको आरोप छ । 

राजनीति न्याय, गरिब, सर्वहारा लगायतको लागि भएको भन्दै मेयरमा सृजना सिंहलाई जिताएर जनताले न्याय दिने बताए । 

नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंंगोलतर्फ लक्षित गर्दै कलेज पढ्ने भर्खरको व्यक्तिलाई उठाएको बताए । ‘कलेज पढ्नेलाई होइन, नलेज हुनेलाई जिताउने हो । एमालेले भर्खरको कलेज पढ्नेलाई टिकट दिएको छ,’ उनले भने । 
 

Skip This
Skip This
Logo