निर्वाचन सुरक्षाका लागि मुगुमा १ हजार १६५ सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षाका लागि मुगुमा १ हजार १६५ सुरक्षाकर्मी परिचालन


हिमाली जिल्ला मुगुमा स्थानीय तह निर्वाचन सुरक्षाका लागि १ हजार १६५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आवश्यक सुरक्षाकर्मी परिचालन गरेकाे हो।  

निर्वाचन सुरक्षाका लागि २९८ जना नेपाल प्रहरी,  २५० जना नेपाली सेना, १६० जना सशस्त्र प्रहरी र ४५७ जना म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए । 

निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइसकेको र निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ। निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् । 

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरि संयन्त्र परिचालन भएको छ। त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ। 

नेपाली सेनाको श्री बक्स गुल्मका मेजर झलक लामाका अनुसार मुगुका ४ वटै स्थानीय तहमा नेपाली सेना परिचालन गरिएको छ। 

Logo