कोइराला, थापा र यादवबीच त्रिपक्षीय भिडन्त

कोइराला, थापा र यादवबीच त्रिपक्षीय भिडन्त


विराटनगरमा बढ्दै तापक्रम मात्रै हैन चुनावी सरगर्मीको ग्राफपनि उकालो लाग्दोछ । प्रदेश एकको राजधानी मात्र हैन एक मात्र महानगर भएकाले पनि यो बेला  केन्द्रदेखिकै ध्यान विराटनगरको चुनावले खिचेको छ । विराटगरमा त्रिपक्षीय भिंडन्तसँगै एकजना हाइप्रोफाइल उम्मेदवारको स्वतन्त्र लडाईं ले प्रतिस्पर्धा रोचक बनाइदिएको छ । 

विराटनगर महानगरको मेयर पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका तर्फबाट युवा अमरेन्द्र यादव मैदानमा छन् । उनी जसपाका संघीय अध्यक्ष उपेन्द्र यादवका छोरा समेत हुन् । 

निर्वाचन कार्यलय मोरङका अनुसार महानगरमा यसपटक एक लाख ३३ हजार मतदाता छन् । जसमध्ये ६२ हजार ६ सय महिला र ७० हजार ६ सय पुरुष छन् ।

गठबन्धलाई चुनौती दिंदै एमालेका तर्फबाट सागर थापा मेयरमा र शिल्पा निराला कार्की उपमेयरमा प्रतिस्पर्धामा छन् । पाँच दलीय गठबन्धनसँग एमाले एक्लै चुनावी दौडमा छ । तर विराटनगरमा रोचक चाँही के छ भने, पाँच दलीय गठबन्धभित्रकै दुई हाइप्रोफाइल नेताले मेयर र उपमेयरमा बागी उमेद्वारी दिएका छन् । जसपामा विद्रोह गर्दै मेयरमा उमेशकुमार यादव र माओवादी केन्द्रमा विद्रोह गर्दै उपमेयरमा नमिता न्यौपाने स्वतन्त्र उमेद्वारीसहित चुनावी मैदानमा उत्रिएका हुन् । 

विराटनगरको दक्षिणी भेगमा उमेशकुमार यादवको उपस्थिति बलियो छ । २०७४ को निर्वाचनमा तेस्रो बनेका उनको पाँच हजारभन्दा बढी मत बदर भएको थियो । जवकी त्योबेला महानगरको मेयर बनेका कांगे्रसका भीम पराजुलिले २३ सय मतान्तरले मात्रै जितेका थिए । 

मतदाताले मतदान प्रक्रिया नबुझ्दा आफ्नो मत बदर भएको र अब यो पटक त्यस्तो नहुने यादवले बताए । त्यसैले पनि गठबन्धभित्रका असन्तुष्टहरुको मत आफ्नो तर्फ तानेर यादव मेयर बन्ने दाउमा छन् ।     

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरमा प्रल्हाद साहको उम्मेदवारीले प्रतिस्पर्धालाई नयाँ मोड दिएको छ । २०७४ को स्थानीय निर्वाचनमा सबैलाई आश्चर्यमा पार्दै विराटनगरमा शाहले उल्लेख्य मत ल्याएका थिए । यसपटक नगरवासीको आकर्षण हलो चुनाव चिन्हतर्फ थप बढेको अनुमान साहको छ । 

विराटनगर परम्परागत गढका रुपमा रहेको र यसपटक गठबन्धको साथ समेत भएकाले कांग्रेसका उमेद्वार कोइराला बढी ढुक्क देखिन्छन् । तर गठबन्धन भित्रबाटै परेको बागी उम्मेदवारले ढुक्क भइहाल्ने अवस्था नरहेको स्थानीय कांग्रेसी मतदाताहरुको बुझाइ छ । 

त्यसो त चुनावी प्रतिस्पर्धामा कांगे्रसीजन कति एक ढिक्का छन् भन्नेले पनि यसपटकको नतिजा निर्धारण गर्छ । पार्टीभित्र हुनसक्ने अन्तरघातका कारण केन्द्रीय नेता डा. शेखर कोइराला यसपटक ढुक्कै विराटनगरमा डेरा जमाएर बसेका छन् । कोइरालाले आफ्ना गुटका नागेशलाई मेयरको टिकट दिलाउन काठमाडौंमा गरेको कसरत र विराटनगरका मतदातामाझ नजिक रहेका हालका मेयर पराजुलीले दोहोरिनका लागि पार्टीभित्रै गरेको असफल संघर्षले स्थानीय मतदातामाझ कस्तो मनोवैज्ञानिक सञ्चार गराएको छ भन्ने बुझ्न चुनावी नतिजा नै कुर्नुपर्ने हुन्छ ।  

विराटनगरको स्थलगत अवस्था 

विराटनगर महानगरभित्र रहेका १९ वटा वडामध्ये हामीले विभिन्न दशवटा वडाका करिब १५० मतदातासँग प्रत्यक्ष–अप्रत्यक्ष कुराकानी गरेका थियौं । विराटनगर वडा नम्बर एकस्थित त्रिवेणी टोलमा सोमवार साँझ सत्तारुढ गठबन्धले आयोजना गरेको कोणासभामा हामीले मतदाताको मनोविज्ञान बुझ्ने प्रयास गर्‍यौ । 

उक्त कोणसभामा गठबन्धनका मेयर उमेद्वार कोइराला र उपमेयर उमेद्वार अमरेन्द्र यादव संगै उपस्थित भएपछि कांग्रेसीसंगै गठबन्ध मतदाता उत्साहित देखिन्थे । यसपटक दुबै उम्मेदवारले जित्नेमा एक नम्बर वडाकी कांग्रेस बुथ उपसभापति पारु भट्टराई ढुक्क देखिन्थिन् । 

यादवको उम्मेदवारीले अब नगरभित्रको समग्र नतिजालाई नै प्रभावित पार्ने उनको बुझाइ छ । नेकपा एमाले यही मौकाको पर्खाइमा रहेको हुनसक्ने श्रीवास्तव बताउँछन् । 

हामीले एक नम्बर वडाकै केही स्वतन्त्र उम्मेदवारलाई कसको अवस्था बलियो छ भनि सोधेका थियौं । ती मध्ये एकजनाले नगरभित्रका पहाडे र मधेशी समुदायको भोट एकअर्कालाई बाँडियो भने मात्र गठबन्धका सबै उम्मेदवारले जित्ने धारणा राखे । 

भारतसँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा मधेशी र उत्तरी क्षेत्रमा पहाडे समुदायको उपस्थिति बाक्लो छ । त्यही दक्षिणी भेगबाट स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको उपस्थितिले समिकरणमा बदलिदिएको छ । उनी आफ्नो प्यालनसंगै उठेकाले गठबन्धनबाट जसपाकै उपमेयर अमरेन्द्रले कति मत ल्याउलान् भनेर अनुमान लगाउन कठिन छ । अमरेन्द्रलाई जित्न नगरको उत्तरी भेगको मत बलियो रुपमा झर्नुपर्ने हुन्छ, जहां पहाडे समुदायको बाहुल्यता छ । 

हामी वडा नम्बर ३ का केही मतदातामाझ पनि पुग्यौं । यो वडा निवर्तमान मेयर भीम पराजुलीको वडा पनि हो । आफ्नो पाँच वर्षे कार्यकालमा पराजुलीले यो वार्डमा मात्रै बजेट खन्याएको आरोप लागेको थियो । पहिलो पटक मतदान गर्न लागेका युवा मनिस काफ्लेले पराजुलीले आफ्नो कार्यकालमा विराटनगरको कायापलट गरेको र एकपटक पार्टीले उनलाइ पुनः दोहोर्याएको भए नगरको मेयरमा कांग्रेसको जित सुनिश्चित रहेको बताउँदै नागेशको उम्मेदवारीमा शंका व्यक्त गरे । उनी जस्तै वडाका केही जेष्ठ नागरिकले कांग्रेसभित्र अन्तरघात हुनेमा आशंका ब्यक्त गरेका छन् । त्यसो त गठबन्धनको घरदैलो कार्यक्रममा पराजुलीको निकै कम उपस्थितिले पनि मतदानको दिन उनी र उनको समूहको मत कता खस्छ भन्ने अनुमान लगाउन कठीन छ । 

मिश्रित समुदायको बसोवास रहेको विराटनगरको मध्य भागमा रहेको वरगाछी क्षेत्र र वडा नम्बर ५ मा हामीलाई केही मतदाताले बागी उमेद्वारको उपस्थितीलाई गठबन्धनले कम आँक्न नहुने बताए । एक नीजि क्याम्पसमा अध्ययापन गराउने ४० वर्षिय मुकेस श्रीवास्तावले गठबन्धनका उमेद्वारलाई विजयी गराउने हो भने मेयरका स्वतन्त्र उमेद्वार यादवको उमेद्वारी निस्कृय बनाउन पार्टी अध्यक्ष उपेन्द्र यादवले अबपनि ढिलो गर्न नहुने बताए । यादवको उम्मेदवारीले अब नगरभित्रको समग्र नतिजालाई नै प्रभावित पार्ने उनको बुझाइ छ । नेकपा एमाले यही मौकाको पर्खाइमा रहेको हुनसक्ने श्रीवास्तव बताउँछन् । 

स्थानीय मनोज कुशवाहले आफ्नो संयुक्त परिवारभित्र रहेको १७ भोट स्वतन्त्र उमेद्वारका लागि सुनिश्चत भएकोसम्म भन्न भ्याए । यो वडामा राप्रपाका उम्मेदवार प्रल्हाद साहका शुभचिन्तक पनि निकै भेटिए । 

विराटनगरको दक्षिण पश्चिम भेगमा रहेको वडा नं १२ मा हामी पुग्दा सबैजसो दलका उमेद्वार घरदैलो कार्यक्रमा ब्यस्त देखिन्थे । यो वडाको कथाब्यथा भने आफ्नै छ । घरदैलोमा मत माग्न आइपुगेका उम्मेदवारलाई स्थानीय मतदाता एउटै प्रश्न सोधिरहेका थिए, तपाईं कुनै विकट गाउंपालिकाको वडामा मत माग्न आइरहनु भएको छ की महानगरको वडामा ? 

महानगर भित्रको यो वडा उपेक्षामा परेको उनीहरुको बुझाइ छ । यो वडा भित्र पक्की सडक कम छ । जिर्ण सडक, जिर्ण भौतिक पूर्वाधार र बाढीको समस्या लगायत कारण मतदाता कोही स्थानीय नेतासँग खुशी छैनन् । ठूला पार्टीका नेतासँग त यहाँका मतदातालाई कुनै भरोसा नै छैन । केन्द्रविन्दुलाई स्थानीय मनोज कुशवाहले आफ्नो संयुक्त परिवारभित्र रहेको १७ भोट स्वतन्त्र उमेद्वारका लागि सुनिश्चत भएकोसम्म भन्न भ्याए । यो वडामा राप्रपाका उम्मेदवार प्रल्हाद साहका शुभचिन्तक पनि निकै भेटिए । 

विराटनगरमा समग्रमा गठबन्धको अवस्था बलियो देखिएपनि यसपटक प्रभावशाली स्वतन्त्र उमेद्वारका कारण मतपरिणाम फरक हुने हो कि भन्ने आशंका व्याप्त छ । निर्वाचन कार्यलय मोरङका अनुसार महानगरमा यसपटक एक लाख ३३ हजार मतदाता छन् । जसमध्ये ६२ हजार ६ सय महिला र ७० हजार ६ सय पुरुष छन् । थपिएका नयां मतदातामा अधिकांश गठबन्धकै रहेको दाबी कांग्रेसका उमेद्वार नागेश कोइरालाको छ । 

Logo