नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले स्थानीय तहको निर्वाचन भए पनि अहिले भोट कि देश जोगाउने पार्टीलाई कि त देश बेच्ने पार्टीलाई राख्नुपर्ने अवस्था आएको बताएका छन् ।
देखिंदा धेरै पार्टीहरु चुनावी प्रतिस्पर्धामा देखिए पनि सारमा देश जोगाउने र बचाउने पक्षका दुई वटा पार्टी मात्रै रहेको उनको भनाइ छ। एमसीसीको पक्षमा रहेका पार्टीहरु देश बेच्ने र विरोधी पार्टीहरु देश जोगाउने पक्षमा रहेको उनको भनाइ थियो।
मंगलबार साँझ भक्तपुरमा भएको अन्तिम चुनावी सभामा बोल्दै उनले भने, तपाईंहरुले पनि वैशाख ३० गते शुक्रबार भोट राख्दा यही कुरालाई विचार गर्नुहोस् । कांग्रेस, एमाले र माओवादी पार्टीले एमसीसीको समर्थन गरेकाले उनले देश बेच्ने पार्टी भएको र नेपाल मजदुर किसान पार्टीबाहेकका केही पार्टीहरुले एमसीसीको विपक्षमा रहेर देश बचाउने पार्टीमा दर्ज भएको उनकाे विश्लेषण थियो।
उनले भने, अहिले चुनावमा जोसुकैले भोट माग्न आए पनि सारमा यहाँहरुले यी दुईमध्ये एक रोज्नुपर्ने हुन्छ। त्यही कारण यो चुनाव देशभक्त र देश विरोधीहरुको जनमत बुझ्ने चुनाव पनि भएको उनले विश्लेषण गरे। त्यसकारण देश बचाउने पार्टीहरुलाई देखिंदा हारे पनि सारमा देशभक्त जनताको मत दर्शाउन त्यस्ता पार्टीहरुलाई मत हाल्न उनले अनुरोध गरे। उनले कांग्रेस, एमाले, माओवादी अमेरिकी दास भएको आरोप पनि लगाए।





























प्रतिक्रिया