पैसा बाँडेको आरोपमा गलकोटको मेयर उम्मेदवार प्रहरी नियन्त्रणमा

पैसा बाँडेको आरोपमा गलकोटको मेयर उम्मेदवार प्रहरी नियन्त्रणमा


बागलुङको गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटले चालिसेलाई नियन्त्रणमा लिएर ६ घण्टापछि छाडेको जनाएको छ।

बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका ९ वीरकोटमा आचारसंहिता विपरीत उम्मेदवारले पैसा बाँडेको सूचना पाएपछि प्रहरी पुगेको थियो । त्यस ठाउँमा नभेटिए पनि केही दूरीबाट गाडीसहित चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले चालिसेलाई राति १० बजे नियन्त्रणमा लिएर बिहीबार बिहान ३ बजे छाडेको बताए । तर उनको साथबाट रकम फेला नपरेको उनले बताए । 

नेपाली कांग्रेसकी नेतृ चालिसे पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसकै नेता भरत शर्मा गैरेको विरुद्धमा उम्मेदवारी दिएकी हुन् । 

Logo