स्थानीय तह निर्वाचनको मतदान देशभर सुरु भएको छ।
विहान ७ बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। मतदान साँझ ५ बजेसम्म जारी रहने छ। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान भइरहेको हो ।
कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा जेठ ३ गते मतदान हुने छ । उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ ।































प्रतिक्रिया