अर्थमन्त्री शर्माले गरे मुसीकोटमा मतदान

अर्थमन्त्री शर्माले गरे मुसीकोटमा मतदान

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन् ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका- ५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका छन् ।  

मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए । देशभर शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको र त्यसलगत्तै मन्त्री शर्मा मतदान गरेर फर्किएको उनले बताए ।
 

Logo