मतसंकेतसहितको फोटो राख्ने बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण

मतसंकेतसहितको फोटो राख्ने बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण


मतसंकेत सहितको फोटो फेसबुकमा राख्ने जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । गोप्य राखिनुपर्ने मतदानलाई फोटो खिचेर सार्वजनिक गरेपछि नेता भट्टराईलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

मतदानको क्रममा मतसंकेत देखाएको भन्दै आयोगले पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई २४ घण्टाभित्र जवाफ पेस गर्न निर्देशन दिएको हो । भट्टराईले आज बिहान गोरखाको पालुङटारमा मतदानका क्रममा मतसंकेतको फोटो खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।

यद्यपी भट्टराईले मतदानलाई गोप्य नै राखिनुपर्ने भन्ने केही नरहेको प्रतिक्रिया दिएका छन् । उक्त फोटो विवादित बनेपछि भट्टराईले सामाजिक सञ्जालबाट भने अहिले हटाएका छन् । 
 

Logo