मतसंकेतसहितको फोटो राख्ने बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण

मतसंकेतसहितको फोटो राख्ने बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण

केन्द्रबिन्दु
0
Shares

मतसंकेत सहितको फोटो फेसबुकमा राख्ने जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । गोप्य राखिनुपर्ने मतदानलाई फोटो खिचेर सार्वजनिक गरेपछि नेता भट्टराईलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

मतदानको क्रममा मतसंकेत देखाएको भन्दै आयोगले पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई २४ घण्टाभित्र जवाफ पेस गर्न निर्देशन दिएको हो । भट्टराईले आज बिहान गोरखाको पालुङटारमा मतदानका क्रममा मतसंकेतको फोटो खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।

यद्यपी भट्टराईले मतदानलाई गोप्य नै राखिनुपर्ने भन्ने केही नरहेको प्रतिक्रिया दिएका छन् । उक्त फोटो विवादित बनेपछि भट्टराईले सामाजिक सञ्जालबाट भने अहिले हटाएका छन् । 
 

Logo