स्थगित भएका स्थानमा तत्काल मतदान गराउः मानव अधिकार आयोग

स्थगित भएका स्थानमा तत्काल मतदान गराउः मानव अधिकार आयोग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय मानव अधिकार आयोगले आज भएको स्थानीय तहको निर्वाचनमा स्थगित भएका स्थानमा तत्काल मतदान गराउन आग्रह गरेको छ ।

‘स्थानीय तहको निर्वाचनमा स्थगित भएका स्थानमा शन्ति सुरक्षा मापन गरी तत्काल मतदान गराउन, मतदानमा सबैको पहुँच पुर्याउन तथा यथाशक्य छिटो मतगणना गर्न निर्वाचन आयोगलाई आयोग आग्रह गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख  छ ।

आयोगले दलहरुलाई स्थगित भएका स्थानमा पुनः निर्वाचन प्रक्रियामा शान्तिपूर्ण रुपमा भाग लिन र झडपमा घइते भएकाहरुको उपचार गर्न पनि आग्रह गरेको छ ।
आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्न ७ वटा उच्चस्तरीय अनुगमन टोली एवं आयोगका कर्मचारीहरू सम्मिलित ४५ टोली ७७ वटै जिल्लामा खटाएको थियो ।

Skip This
Skip This
Logo