काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने

केन्द्रबिन्दु
0
Shares

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहान ७ बजेदेखि सुरु हुने भएको छ।  

काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ। त्यस्तै , ललितपुरमा अहिले बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ।

उता विराटनगर महानागरमा भने बिहान ८ बजेपछि मात्र मतगणना हुने भएको छ। सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो। हेटौंडा उपमहानगरमा बिहान ७ बजेदेखि मतगणना हुने भएको छ। 

चितवनको कालिका र माडी नगरपालिकामा मतगणना जारी छ। त्यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकामा पनि मतगणना जारी छ। 

Logo