मालारानी गाउँपालिकामा एमालेलाई सुरुवाती अग्रता

मालारानी गाउँपालिकामा एमालेलाई सुरुवाती अग्रता

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ ।

वडा नम्बर १ मा गणना भएको २०० मतमध्ये एमालेले अध्यक्षमा १०१ मत पाएको छ भने गठबन्धनका उम्मेदवारले ५५ मत पाएका छन्
। उपाध्यक्षमा एमालेले १०४ मत पाउदा गठबन्धनका उम्मेदवारको ५१ मत छ ।

वडाध्यक्षमा एमाले उम्मेदवारको १०२ र गठबन्धनका उम्मेदवारको ५७ मत छ । मालारानी गाउपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्टिय जनमोर्चा सहितको गठबन्धन भएको छ भने एमाले एकल प्रतिस्पर्धामा रहेको छ ।

Logo