सैनामैना नगरपालिकामा एमालेको अग्रता

सैनामैना नगरपालिकामा एमालेको अग्रता

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता लिएको छ ।

तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यहाँको २०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले ८३ मतसहित अग्रता लिएका छन् । कांग्रेसका फणिन्द्रप्रसाद शर्माले ८२ मतसहित पछ्याइरहेका छन् ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ मतसहित अग्रता लिएका छन् । एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन् ।

Logo