मुस्ताङको घरपझोङ अध्यक्षमा कांग्रेस २ मतले विजयी

मुस्ताङको घरपझोङ अध्यक्षमा कांग्रेस २ मतले विजयी

केन्द्रबिन्दु
0
Shares

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मोहनसिं लालचन विजयी भएका छन् । 

लालचन एमालेका उम्मेदवारलाई जम्मा २ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । कांग्रेसका लालचनले ७६० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाए । त्यसैगरी कांग्रेसकै जमुना थापा मगर ६९३ मत पाएर उपाध्यक्षमा विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन् ।

त्यस्तै वडा ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको प्यानल विजयी भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार घरपझोङ गाउँपालिकामा १ हजार ५९८ मत खसेको थियो । 

Logo