पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा गएराती भएको कुटपिटबाट आठ जना घाइते भएका छन् ।
निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले समर्थक युवाहरुले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । मध्यरातमा कुटपिट हुँदा स्थानीय झग छन्त्याल, रस्मी छन्त्याल, खिम छन्त्याल, सनम छन्त्याल, द मति छन्त्याल, बालकुमारी छन्त्याल, दिलकुमारी छन्त्याल र खिमसरा छन्त्याल लगायत घाइते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताए ।
उनका अनुसार घटनामा नेकपा एमालेका समर्थकहरूले आफ्नो पक्षमा भोट नदिएको भन्दै केही पुरुष समेत कुटपिट गरेका थिए। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै महिला र गाउँलेलाई कुटपिट गर्ने विरुद्ध किटानी जाहेरी समेत दिने बताए ।
कुटपिटबाट घाइते भएकी झग छन्त्यालका अनुसार महिलाहरूलाई समेत हातपात गरेपछि गाउँ नै आतंकित भएको छ।





























प्रतिक्रिया