काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलले दोब्बर मतको अग्रता लिएकी छिन्। सुनिता मुख्य प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा दोब्बर मतले अगाडि छिन्।
प्राप्त विवरणअनुसार १७० मत गणना हुँदा सुनिताले ५७ मत र श्रेष्ठले २३ ल्याएका छन् । सुनिताले ल्याएको मत संख्या निकटतम प्रतिस्पर्धीको तुलनामा दोब्बरभन्दा बढी छ।
वडा नम्बर १ मा १०० मत गनिएकोमा सुनिताले ३३ भोट ल्याएकी छन् भने श्रेष्ठले ११ मत ल्याएका छन्। वडा नम्बर ३२ मा ७० मत गणना हुँदा सुनिताले २४ र श्रेष्ठले १२ मत ल्याएका छन् ।





























प्रतिक्रिया