एउटा वडामा मतगणना गर्न १२ घण्टा

एउटा वडामा मतगणना गर्न १२ घण्टा

केन्द्रबिन्दु
0
Shares

मुगुमा एउटा वडाको मात्रै मतगणना गर्न १२ घण्टाको समय लागेको छ। छायाँनाथ रारा नगरपालिका वडा नं १४ बामको मतगणना गर्न १२ घण्टा लागेको हो।  

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले शुक्रबार राति ११: ३० बजेको समयमा मतगणना सुरु गर्ने भने पनि राति २ बजेबाट मतगणना सुरु गरिएको थियो।

तर, १२ घण्टा बितिसक्दा पनि १४ वडाको मतगणना सम्पन्न हुन सकेकाे छैन । राति २ बजे बाट सुरु भएको मतगणना हालसम्म ५९९ मत मात्र गणना भएको छ भने अझै २६८ मतगणना गर्न बाँकी छ।

Logo