भक्तपुरमा नेमकिपाले दुई र कांग्रेसले दुुई वटा खाता खोल्यो

भक्तपुरमा नेमकिपाले दुई र कांग्रेसले दुुई वटा खाता खोल्यो

केन्द्रबिन्दु
0
Shares

किसान पार्टी (नेमकिपा)दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ ।

भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो । वडा नं १ को वडा अध्यक्षमा श्यामकृष्ण खत्री र वडा नं ३ को वडा अध्यक्षमा राजकृष्ण गोरा पूरै प्यानलसहित विजयी भएका हुन्को ।

यी दुवै उम्मेदवार  यसअघिको स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्ष  थिए । उता नेपाली कांग्रेसले पनि दुई वटा वडा जितेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं १ र २ मा वडा अध्यक्षमा विजयी भएको हो । वडा नं १ मा बाबुकाजी डंगोल विजयी भएका हुन् ।

त्यहाँं एक जना वडा सदस्य भने एमालेबाट विजयी भएका छन् । यता मध्यपुर थिमि नगरपालिका वडा नं २ मा पनि कांग्रेसकै श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 
 

Skip This
Skip This
Logo