हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी

हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी


हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् ।

रावल १८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले ११९५ मत ल्याए ।

कांग्रेस र माओवादीको गठबन्धन रहेको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह १८७२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याए ।

यहाँ नेकपा एमाले र नेकपा एसबीच गठबन्धन थियो । 

वडा नम्बर १ र २ मा मा कांग्रेसका जयबहादुर शाही र चन्द्र रावल वडाध्यक्षमा निर्वाचित भएका छन् । ३ मा माओवादीका च्याँगा बोहरा निर्वाचित भए ।

४ मा कांग्रेसका रंगमति शाही (निर्विरोध) हुँदा  ५ मा कांग्रेसका भरतजंग शाही निर्वाचित भएका छन् ।

Logo