हिमालपारीको जिल्ला मुस्ताङका सबै पालिकाको मतगणना सकिएको छ। पछिल्लो मतगणना परिणाम अनुसार थासाङ गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचन विजयी भएका छन्। गौचनले एक हजार १४४ मत पाएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत पाएकी छिन् । थासाङको उपाध्यक्षमा भने कांग्रेसका सोमल हिराचन एक हजार एक सय १२ मत लिएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत पाएकी छिन्।
मुस्ताङको घोषित मतपरिणाम अनुसार लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ। घरपझोङ गाउँपालिकामा कांग्रेसले जितेको छ। एमालेले थासाङ र घरपझोङमा उपाध्यक्ष गुमाएको छ।
प्रतिक्रिया