काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी भएका छन्।
स्वतन्त्र उम्मेदवार आकाश धिताल एमालेका प्रतिस्पर्धीलाई पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन्। आकाशले ५१२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी एमालेका राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरे ।
यस्तै कांग्रेसका उम्मेदवार नवराज भण्डारीले २७४ मत प्राप्त गरे कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । अघिल्लो निर्वाचनमा उनी कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
यो नगरपालिकाको मेयरमा एमालेका मिठाराम अधिकारी २२५८ मतसहित अग्र स्थानमा छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसको विनोद चालिसेले १७४० मत प्राप्त गरेका छन् ।































प्रतिक्रिया