काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगका अनुसार एमालेका केशव स्थापितको भन्दा बालेनले ३ हजार ३४३ मतले अग्रस्थानमा छन् ।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै शाहले अग्रता कायम राखेका छन् ।
राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ७ हजार ३३९ , स्थापितले ३ हजार ८६२, कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३५८ मत ल्याएका छन् ।





























प्रतिक्रिया