हालसम्म पोखरामा १३ हजार ६ सय ४३ मत गनिएको छ। गठबन्धन उम्मेदवार धनराज आचार्य मेयरमा करिब ७ सय मतान्तरले अगाडि छन्। उनले ५ हजार ७४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८ मत पाए।
उपमेयरमा पनि कांग्रेसकी कोपिला रानाभाटले ५ हजार ७ सय ७४ मत पाएकी छिन् भने एमालेकी मन्जुदेवी गुरुङले ५ हजार ५ सय ६४ मत पाइन्।
हालसम्म ३ वटाको नतिजा पूरा आइसकेको छ भने अरुमा गणना भइरहेको छ।































प्रतिक्रिया