वीरगञ्ज महानगरपालिकामा उपप्रमुख पदमा ५९ प्रतिशत मत बदर भएको छ। चारवटा वडाको ९ हजार ५ सय ३८ मत गणना हुँदा उपप्रमुख पदमा ४ हजार एक सय १७ मत मात्रै सदर भएको छ भने बाँकी ५४२१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यस्तै प्रमुखमा २६ प्रतिशत मत बदर भएको छ। ९ हजार ५ सय ३८ मत मध्ये ६ हजार ९ सय ६७ मत सदर हुँदा २ हजार ५ सय ५१ मत बदर भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म वडाहरु १, २, ३१ र ३२ नम्बरको मात्रै गणना सकिएको छ। गठबन्धनका तर्फबाट जनता समाजवादीका प्रमुखका उम्मेदवार राजेशमान सिंहले ४ हजार ६ सय ५७ मत प्राप्त गरेका छन्।
एमालेका उम्मेदवार विजय सराबगीले २०५९ मत पाएका छन्। कांग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिएका इम्तियाज आलमले ३०१० मत पाएकी छिन्। त्यस्तै एमालेसँग गठबन्धन गरेर उम्मेदवार दिएका लोसपाका पुरुषोत्तम लाल झाले जम्मा ४ सय ८९ मत ल्याएका छन्।































प्रतिक्रिया