काठमाडौंमा बालेन शाहको अग्रता कायमै, स्थापित र सिंह पछिपछि

काठमाडौंमा बालेन शाहको अग्रता कायमै, स्थापित र सिंह पछिपछि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा ४,४५७ मतले अगाडि छन् । 

स्वतन्त्र उम्मेदवार बालेन शाहले ९,६१४ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ५,१५७ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ४,७७ मत पाएकी छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलको ९,४२१ मत रहेको छ भने नेकपा एसका रामेश्वर श्रेष्ठको २,६६४ मत रहेको छ ।

Logo