काठमाडौं अपडेट: स्वतन्त्र उम्मेदवार शाहको मत १० हजार माथि

काठमाडौं अपडेट: स्वतन्त्र उम्मेदवार शाहको मत १० हजार माथि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको नयाँ मत परिणाम सार्वजनिक भएको छ । हालसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा ४,७३२ मतले अगाडि छन् । 

स्वतन्त्र उम्मेदवार बालेन शाहले १०,०४६ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ५,३१४ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ४,६४१ मत पाएकी छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलको ९,४२१ मत रहेको छ भने नेकपा एसका रामेश्वर श्रेष्ठको २,६६४ मत रहेको छ ।

Logo