रुकुम पश्‍चिमको बाँफिकोटमा कांग्रेस विजयी

रुकुम पश्‍चिमको बाँफिकोटमा कांग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

रुकुमपश्‍चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका जनककुमार बाँठा ३१ मतान्तरले विजयी भएका छन् ।  उनी ४ हजार ४ सय ५५ मतसहित विजयी हुँदा माओवादी केन्द्रका चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसीले ४ सय मतान्तरले विजयी भएकी छन् ।

केसी ४ हजार ५ सय ६० मतसहित विजयी हुँदा कांग्रेसकी नन्दाकुमारी केसी नाथले ४ हजार १ सय ६० मत पाइन् । बाँफिकोटका १० वडामध्ये माओवादीले ८ वडा जितेको छ भने कांग्रेसले २ वडामा जित हात पारेको छ । यो अर्थमन्त्री जनार्दन शर्माको निर्वाचन क्षेत्र पनि हो ।

Logo