अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाकाे मेयरमा राष्ट्रिय जनमोर्चाका झविलाल थापा निर्वाचित भएका छन्। थापाले आठ हजार ३२४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम थापाले सात हजार ५२४ मत ल्याएका थिए।
उपमेयरमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले सात हजार ५५८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्ता पौडेलले ६ हजार ८६४ मत ल्याइन् । बन्जाडेले ६९४ मत बढी ल्याएका हुन्।
२०७४ सालको निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट विजयी बनेका रेशम थापा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए ।





























प्रतिक्रिया