जुम्लाको तातोपानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका चौलागाईं विजयी

जुम्लाको तातोपानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका चौलागाईं विजयी

केन्द्रबिन्दु
0
Shares

जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजय भएका छन् । उनी नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरलाई भारी मतान्तरले हराउँदै विजय भएका हुन् । 

उनले २३२० मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुँवरले १८०६ मत प्राप्त गरेका हुन् ।  

नेकपा एमालेका सुरतबहादुर शाहीले १५३८ मत प्राप्त गरेका छन् ।  उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल विजय भएकी छन् । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन् । 

उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले १३१२ मत प्राप्त गरेकी हुन् । तातोपानीमा स्थानीय तह २०७४ मा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जितेकी थिइन् ।

Skip This
Skip This
Logo