गगन थापाको वडामा पनि बालेन नै अगाडि

गगन थापाको वडामा पनि बालेन नै अगाडि

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको वडामा बालेन साहले अग्रता लिएका छन् । काठमाडौं महानगरपालिका ३० मा पर्ने सो वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् । 

 काठमाडौं–३० को ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् । काँग्रेस उम्मेदवार सिर्जना सिंहले १०६ मत पाएकी छिन् । महामन्त्री थापाको वडामै काँग्रेस उम्मेदवार सिर्जना १२७ मतले पछाडि परेकी छिन् । यहाँ एमाले उम्मेदवार केशव स्थापित ७९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

काठमाडौंका १ र २ मत गणना सकिएको छ भने ३, ४, ५, ६, २९,३०, ३१ र ३२ नम्बर वडाको जारी छ । जसमा बालेनले १२ हजार ५५३ मत ल्याएका छन् भने स्थापितले ६ हजार ७०६ र सिर्जनाले ५ हजार ९५७ मत प्राप्त गरेकी छिन् ।

Skip This
Skip This
Logo