चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छिन् ।
मेयरमा माओवादी केन्द्रकी रेनुले ७३५१ मतका साथ अग्रता कायम राखेकी छिन् । रेनुलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ७०२८ मत प्राप्त गरेका छन् ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३५६२ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ८०९६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५०८३ मत पाएकी छिन् ।





























प्रतिक्रिया