नेकपा एमाले धनुषाको थप एक पालिका प्रमुखमा विजयी भएको छ ।
जिल्लाको विदेह नगरपालिकामा एमालेका उम्मेदवार बेचन दास ४ हजार ४१२ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजिकिशोर रोहिता यादवले ३ हजार ४२६ मत मात्र ल्याएका छन् ।
त्यसैगरि, उपमेयरमा पनि एमालेका उम्मेदवार आशादेवी झा ४ हजार ६५९ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका सीमाकुमारी महतोले २ हजार ८२७ मत ल्याएकी थिइन् ।
मेयरमा निर्वाचित दासअघि नेकपा माओवादी केन्द्रबाट पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । तर, पार्टी विभाजनको क्रममा उनी माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए ।





























प्रतिक्रिया