पोखराको मेयरमा गठबन्धनको साढे १८ सयको अग्रता

पोखराको मेयरमा गठबन्धनको साढे १८ सयको अग्रता

केन्द्रबिन्दु
0
Shares

पोखरामा गठबन्धनले १८ सयको अग्रता बनाएको छ। मिश्रित दावी गरिएका वडाहरुको गणनामा गठबन्धन अघि देखिएको छ । 

मेयरमा धनराज आचार्यले १ हजार ८४५ मत अग्रता लिएका छन्। उनले १४ हजार ३६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५१७ मत पाएका छन्।

उपमेयरमा गठबन्धनकी कोपीला रानाभाट भने झिनो अन्तरले अगाडि छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छिन्। 

कोपीलाको १४ हजार ६६६ मत आउँदा मन्जुको १४ हजार २७५ मत छ। हालसम्म ३४ हजार ६१७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo