ललितपुर महानगरको मत गणनास्थलमा पुगे बालेन साह

ललितपुर महानगरको मत गणनास्थलमा पुगे बालेन साह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह भने ललितपुरको मतगणनामा पुगेका छन्।

ललितपुर महनगरको वडा नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रुपमा मत गणनास्थलमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। व्यञ्जनकारलाई बालेनले आफ्नो राजनीतिक गुरु मान्ने गर्छन्। व्यञ्जनकारले पञ्चायतकालदेखि हरेकपटक सोही वडाबाट निरन्तर वडाध्यक्ष जित्दै आएका छन् । अहिले ललितपुरको वडा नम्बर १० को मतगणना सुरु हुन लागेको छ। 

बालेनले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन् । पछिल्लो परिणाम अनुसार १६ हजार ५७९ मत ल्याएका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ५७३ मतका साथ पछ्याइरहेका छन्। गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ७०८ मत पाएकी छन् ।

 

Logo