विराटनगर महानगरको मतगणना जारी रहँदा गठबन्धन मेयर नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनकै उपमेयरका उम्मेदवार अमरेन्द्र यादव भने एमालेकी शिल्पा कार्की भन्दा पछि परेका छन् ।
हालसम्म ४० हजार २७२ मत गणना भएकोमा नागेशले ३ हजार १०१ मतको अग्रता लिएका हुन् । उनले १२,६७२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका सागर थापाले भने ९५७१ मत मात्र प्राप्त गरेका छन् ।
गठबन्धनका उपमेयर अमरेन्द्र भने एमालेका उम्मेदवार शिल्पा कार्कीभन्दा ४३२५ मतले पछाडि छन् । शिल्पाले ११,०११ मत ल्याउँदा अमरेन्द्रको ६६८७ मत छ । रोचक के भने उपमेयरमा उम्मेदवार नै नभएको नेपाली कांग्रेसको मतदान चिह्न रुखमा ४,८३७ मत खसेको छ ।































प्रतिक्रिया