भरतपुर महानगरपालिका-६ को वडाध्यक्षमा नेपाली काग्रेसका कृष्णलाल श्रेष्ठ विजयी भएका छन् । एमालेका डोलनारायण अधिकारीलाई हराउँदै श्रेष्ठ निर्वाचित भएका हुन् ।
मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता राखेकी छन् । २७ हजार ४३८ मतगणना हुँदा रेनुले ९ हजार ९७० मत पाएकी छन् । एमालेका विजय सुवेदीले ८ हजार २८५ मत पाएका छन् । पछिल्लो परिणाम अनुसार रेनु र विजयको मतान्तर १ हजार ७१२ छ ।
सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५०४ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ मतसहित अग्रता कायमै राखेका छन् । एमालेकी हिमला गुरुङले ६ हजार ७४२ मत पाएकी छन् ।





























प्रतिक्रिया