कञ्चनपुरको दोधारा चाँदनीमा फरक फरक पार्टीबाट पतिपत्नी नै चुनिए जनप्रतिनिधि

कञ्चनपुरको दोधारा चाँदनीमा फरक फरक पार्टीबाट पतिपत्नी नै चुनिए जनप्रतिनिधि

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा फरक फरक पार्टीबाट पतिपत्नी नै जनप्रतिनिधि चुनिएका छन्। उनीहरु दुवै जना वडा सदस्यमा निर्वाचित भएका हुन् । दुवै जनाले अलग अलग पार्टीबाट उम्मेदवारी दिएका थिए ।

नेकपा एमालेबाट दोधारा चाँदनी नगरपालिका ७ बाट खुला सदस्यमा उम्मेदवार बनेका सन्दीप उपाध्याय विजयी भए ।  उनकी पत्नी कमला उपाध्याय भने नेपाली कांग्रेसबाट महिला सदस्य पदमा विजयी भएकी हुन् । 

एमालेबाट खुला सदस्यमा चुनाव लडेका सन्दीपले ७५५ मत प्राप्त गरे भने कमलाले ७९२ मत प्राप्त गरेकी छिन्।

Logo