दाङकाे घोराही उपमहानगरपालिका प्रमुखमा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन् । चौधरी ३१ हजार ७२८ मत प्राप्त गरि विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३६८ मत प्राप्त गरे । चौधरी २०७४ सालमा पनि प्रमुखमा निर्वाचित भएका थिए ।
उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी भएकी छन् । उनले ३० हजार ४०३ मत प्राप्त गरेकी छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३५४ मत प्राप्त गरे।
प्रतिक्रिया