काठमाडौं महानगरपालिका वडा नम्बर ८ को मतगणना सुरू भएसँगै नेपाली कांग्रेसकी सिर्जना सिंहले १०० मतको अग्रता लिएकी छन्।
प्राप्त विवरणअनुसार सिर्जनाले ४८ भोट ल्याउँदै अग्रस्थानमा छिन् भने उनलाई २२ भोटका साथ स्वतन्त्र उम्मेदवार बालेन शाहले पछ्याएका छन्। एमालेका केशव स्थापितलाई भने अहिलेसम्म १ भोट मात्रै प्राप्त भएको छ।
काठमाडौंको वडा नम्बर ८ पशुपति क्षेत्रमा पर्छ। यो वडा कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र पनि हो।
अहिलेसम्म समग्र मतपरिणाममा बालेन साह २२ हजार ८४२ र केशव स्थापिततले ११ हजार ७६९ मत ल्याएका छन् । बालेन केशब भन्दा ११ हजार बढि भोटका साथ अघि अघि छन् ।































प्रतिक्रिया