सुनकोसी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी दीपा वोहोरा विजयी

सुनकोसी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी दीपा वोहोरा विजयी

केन्द्रबिन्दु
0
Shares

सिन्धुलीको सुनकोशी गाउँपालिकामा  नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धबाट अध्यक्षमा माओवादी केन्द्रकी दीपा वोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिलकुमार कोइराला विजयी भएका छन् ।

माओवादीकी वोहोरा ५ हजार ३ सय ७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रोमनराज गिरी ९अशोक०ले ५ हजार ९८ मत पाए । दीपा वोहोरा दाहाल दोस्रोपटक अध्यक्षमा निर्वाचित भएकी हुन् । 

उपाध्यक्षमा कांग्रेसबाट कपिलकुमार कोइरालाले एमालेकी हेमाकुमारी अधिकारीलाई २ हजार ६ सय ३६ मतान्तरले पराजित गरे । कोइराला ६ हजार ५ सय ९४ मत ल्याई विजयी हुँदा अधिकारीले ३ हजार ९ सय ५८ मत पाइन् ।

Skip This
Skip This
Logo