कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेको छ ।
उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए । यस अघि यहाँ एमालेले जितेकाे थियाे ।
उपमेयरमा भने एमालेकी शिवकुमारी चौधरी विजयी भएकी छन्। उनी यसअघि पनि यहाँकी उपमेयर थिइन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत ल्याएकी छन्। राप्रपाकी विपाशा चौधरी भने ५ हजार १५९ मतसहित तेस्रो स्थानमा छिन्।































प्रतिक्रिया