बाराको कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

बाराको कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

नगरप्रमुखमा  रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित  भएका छन् । चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० बढी मतान्तरले हराएका हुन्। चौधरीले नौ हजार १०५ तथा भण्डारीले आठ हजार ३०७ मत ल्याए । 

यस्तै उपप्रमुखमा एमालेकी सुनैना थरुनीलाई ६०० बढी मतले पराजित गर्दै कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले जित हासिल गरेका छन्। लक्ष्मीले नौ हजार ८८ तथा सुनैनाले आठ हजार ४८३ मत प्राप्त गरेका छन् । विसं २०७४ मा कोल्हबी नगरको प्रमुखमा एमालेका भण्डारी र एमालेकै थरुनी निर्वाचित भएका थिए । 

Skip This
Skip This
Logo