मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा कांग्रेसका बानियाँ निर्वाचित

मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा कांग्रेसका बानियाँ निर्वाचित

केन्द्रबिन्दु
0
Shares

हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन्।

उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेकोमा ६७  हजार ४३५ मतगणना गरिसक्दा नै बानियाँ उपमेयरमा निर्वाचित भएका हुन् । पाँच हजार ९७९ मत गणना बाँकी हुँदा बानियाँले आठ हजार ६०५ मतान्तरले अग्रता बनाएका छन् ।

उनले ३० हजार ३०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २१ हजार मत प्राप्त गरेकी छन् ।

उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता बनाइरहेकी छन्। लामाले २१ हजार २०३ मत प्राप्त गर्दै अग्रता बनाइरहँदा एमालेका उम्मेदवार अनन्त पौडेलले १९ हजार ३२५ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १८ हजार ६२६ मतसहित तेस्रो स्थानमा छन् ।

हेटौंडा उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आजै सार्वजनिक गर्ने गरी काम भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

Skip This
Skip This
Logo