काठमाडौंमा बालेनको कट्यो ३१ हजार मत, दोब्बर मतले अग्रता कायमै

काठमाडौंमा बालेनको कट्यो ३१ हजार मत, दोब्बर मतले अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको ३१ हजार मत कटेको छ ।

शनिबार विहानको मतपरिणाम अनुसार बालेनले ३१ हजार १५ मत पाएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका केशव स्थापितको भने १६ हजार ५२७ छ । 

त्यस्तै तेस्रो स्थानमा रहँदै पच्छ्याइरहेकी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको पनि १६ हजार २२४ मत पुगेको छ । उनले स्थापितसंगको मतान्तर भने घटाएकी छन् । 

त्यस्तै महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । उनले २६ हजार ५७५ पाउँदा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भने ८ हजार ५९१ मत रहेको छ । 

Logo