काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८९१ मत र उपाध्यक्ष मोक्तानले चार हजार १६९ मत मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १९५ मत पाए भने उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी एमालेका शान्ति तितुङ रानामगरले एक हजार ५३० मत प्राप्त गरेका छन् ।
पालिका अध्यक्ष जिम्बाको यो दोस्रो पटकको विजय हो । वडामा भने क्रमशः वडा नं १ मा नेकपा (माओवादी केन्द्र) का कान्छामान जिम्बाले ७२० मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ मा नेपाली कांग्रेसका पदमबहादुर मोक्तानले ५५१ मत पाए विजयी भएका छन् ।
त्यस्तै वडा नं ३ मा कांग्रेसकै कार्साङ लामाले ५९४ मत, वडा नं ४ मा नेकपा (माओवादी केन्द्र)का विशाल मोक्तानले ३७१ मत, वडा नं ६ मा नेकपा (माओवादी केन्द्र)का रमेशकुमार लुङ्गेलीले ६०९ मत, वडा नं ७ मा कांग्रेसका खड्गबहादुर श्रेष्ठले ५४१ मत र वडा नं ८ मा नेकपा (माओवादी केन्द्र) का टङ्कबहादुर आले ६९४ प्राप्त गरी विजयी भएका छन् ।
वडा नं ५ को भने यसअघि गणना हुने वेलामा नेकपा (माओवादी केन्द्र) र कांग्रेसका वडाध्यक्ष्का उम्मेदवारबीचमा दुई मतले विजयी र पराजय भएकोमा पुनः मतगणना गर्ने विषयमा फेरि विवाद भएपछि अहिले रोकिएको जनाइएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये १२ वटा पालिकाको मतगणना सम्पन्न भइसकेको र पाँचखाल नगरपालिकाको मतगणना कार्य जारी रहेको छ ।































प्रतिक्रिया