इटहरी उपमहानगरको प्रमुखमा कांग्रेसका हेमकर्ण विजयी

इटहरी उपमहानगरको प्रमुखमा कांग्रेसका हेमकर्ण विजयी

केन्द्रबिन्दु
0
Shares

सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् । 

 उपमेयर भने एमालेले जितेको छ । आइतबार विहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार पौडेल ३३०४९ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार यामकुमार सुब्बालाई कांग्रेसका पौडेलले ५०१८ मतान्तरले पराजित गरे । एमालेका सुब्बाले २८०३१ मत पाए। 

उपमेयरमा भने नेकपा (एमाले)की उम्मेदवार संगीता कुमारी चौधरी विजयी भइन् । चौधरीले ३२४३६ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का केशव कुमार विष्टले १८०३१ मत मात्रै ल्याए । इटहरीका ७३८२३ मत खसेको थियो । २० वडा रहेको इटहरीमा १४ वडा एमालेले, ५ वडा कांग्रेस तथा एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

 

गाउँ पञ्चायतदेखि नगरपालिका हुँदै उपमहानगरपालिकासम्म आउँदा इटहरीमा एमालेले बागडोर सम्हाल्दै आएको थियो । यो पटक भने कांग्रेसको भागमा परेको छ । नगरको प्रमुख जिते पनि वडामा भने कांग्रेसको बहुमत खस्किएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले १२ वडा जितेको थियो । 

Skip This
Skip This
Logo